एमालेको धम्की पछि रवि लामिछानेको रास्वपामा भुकम्प
काठमाडौं—एमालेको धम्की पछि रवि लामिछानेको रास्वपामा भुकम्प गएको छ । दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएको विषयमा एमालेले रास्वपासँग २४ घण्टे स्पष्टिकरण सोध्दै प्रतिवाद गर्ने धम्की दिएको थियो ।
धम्कीपछि रास्वपाले शनिबार हुने भनिएको रुपन्देही र आइतबार हुने भनिएको पोखराको चुनावी सभा स्थगित गरेको छ ।
दाङको तुलसीपुरमा बिहीबार राति रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाउँदा एमाले नेता–कार्यकर्तामा आक्रोश फैलिएको छ ।
तर, रास्वपाले यसलाई घुसपैठको प्रयास भएको दाबी गरेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ र फोटोहरूमा रास्वपाका कार्यकर्ताले एमाले र केपी ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ ।
घटनास्थल तुलसीपुर, एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।
एमालेका नेताहरूले यसलाई पार्टी र नेतृत्वमाथि अनावश्यक लाञ्छना भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
एमाले दाङका सचिव श्याम डाँगीले भने, ‘निर्वाचनको समय नजिकिँदै गर्दा यस्तो कार्यले शान्तिपूर्ण वातावरणमा असर पार्न सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिनुपर्छ ।’
रास्वपा दाङ सभापति विनय घिमिरेले घटनामा शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिलाई आरोपितले गलत व्याख्या गरेको उल्लेख गर्दै कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।
रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीको तर्फबाट कुनै झण्डा जलाउने गतिविधि नहुने बताए ।
घोराहीमा आज हुने रास्वपा प्रदेशस्तरीय सभाका लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ ।