पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : जनताबाट फ्याँकिएका मान्छेले चुनाव हुन नदिन चलखेल गर्दैछन्

शनिबार, ९ फाल्गुन २०८२

काठमाडौं—प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘जनताबाट फ्याँकिएका मान्छे’ भन्दै अपमान गरेका छन् । पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको आरोप लगाउँदै अपमान गरेका हुन् । पूर्वराजाले देशको समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने बताएका थिए।

त्यही अभिव्यक्तिबारे उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा गरेका छन्। म पाटीको तर्फबाट भन्छु यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु।’

उनले प्रतिक्रियावादी र प्रतिगामीहरूको चलखेलको कुनै अर्थ नभएको बताए। आफूहरूले सुरुदेखि नै देशको निकासको लागि चुनावको विकल्प नभएको कुरा गर्दै आएको बताए।

अहिलेकै परिस्थिति कायम रहे नेकपा पहिलो पार्टी बन्ने आधार तय भइरहेको जिकिर गरे। उनले नयाँ भन्नेहरूको हावाहुरीलाई जनताले बुझिसकेको बताए।