अयोग्य देखिए निर्वाचित सांसदहरूलाई फिर्ता गर्ने रवि लामिछानेको प्रतिबद्धता
काठमाडौं—रवि लामिछानेले रास्वपाबाट निर्वाचित सांसदले काम गन नसके फिर्ता बोलाउने घोषणा गरेका छन् । चितवनमा आयोजित चुनावी सभामा रविले निर्वाचित प्रतिनिधिले अपेक्षाअनुसार कार्यसम्पादन गर्न नसके फिर्ता बोलाउने नीति अवलम्बन गर्दै फिर्ता बोलाउने घोषणा गरेका हुन् ।
उनले उम्मेदवार छनोटमा त्रुटि भई निर्वाचित व्यक्तिको कार्यसम्पादन सन्तोषजनक नरहेमा सांसद पदमा रहेकै अवस्थामा फिर्ता बोलाउने प्रतिवद्धता जनाएका छन् ।
चितवनमा जारी चुनावी अभियानका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। पार्टीले कुनै व्यापारी वा बिचौलियाको स्वार्थ बोक्न नपर्ने दाबी गर्दै उनले स्वच्छ र उत्तरदायी राजनीतिक अभ्यासप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।
उनका अनुसार उम्मेदवार छनोटमा त्रुटि भई निर्वाचित व्यक्तिको कार्यसम्पादन असन्तोष जनक ठहरेमा सांसद पदमा रहेकै अवस्थामा पनि फिर्ता गर्ने अभ्यास पार्टीले अघि सारेको छ। विगतमा ७२ घण्टाभित्रै जिम्मेवारीबाट हटाइएको उदाहरण रहेको उल्लेख गर्दै उनले भविष्यमा यस्ता निर्णय गर्दा बहुमत प्रभावित नहोस् भन्ने उद्देश्यले व्यापक जनमत आवश्यक हुने बताए।
लामिछानेले मतदातासँग बढी समर्थन माग्नुको कारण पनि यही नीतिगत स्पष्टता र जबाफदेहिता कायम गर्ने उद्देश्य भएको धारणा राखेका छन्।