एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपा प्रवेश

सोमबार, ११ फाल्गुन २०८२

काठमाडौं — नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।

सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।