रास्वपा उम्मेदवार केपी खनालमाथि हातपात

सोमबार, ११ फाल्गुन २०८२

काठमाडौं—रास्वपा उम्मेदवार केपी खनालमाथि हातपात भएको छ । कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका खनाललाई आफ्नै कार्यकर्ताले लछारपछार गरेका हुन् ।

रास्वपाले धनगढीमा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’ को स्टेजमा जाने विषयलाई लिएर विवाद भएको थियो । केपी खनाल एक्लै मञ्चमा जान खोजेपछि, ‘हामी जान पाउँदैनौं भने तपाईंलाई पनि जान दिन्नौं भनेर लछारपछार गरेका थिए ।

सो दिन रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रमुख अतिथिको रुपमा उपस्थित सभा मञ्चमा उम्मेदवारबाहेकलाई छिर्न रोक लगाइएको थियो ।

सभामा सहभागी हुन उम्मेदवार खनाल कार्यकर्ताको हुल बोकेर पुगेका थिए । तर,मञ्चमा उनलाई मात्र छिर्न दिने भनियो । ‘त्यसपछि कार्यकर्ता खनालमाथि नै जंगिए । हामी मञ्चमा जान पाउँदैनौं भने तपाईंलाई पनि जान दिन्नौं भनेर लछारपछार गर्न थाले,’ प्रत्यक्षदर्शी एक नेताले भने ।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । अनुशासन गुमाएका आक्रोशित कार्यकर्ताले काठमाण्डौमा चिया अड्डा चलाउँदा चलाउँदै बालेनको कोटाबाट टिकट पाएका खनालमाथि हातपात गर्न खोजेको भिडिओमा स्पष्ट देखिन्छ ।