ललितपुरका मेयर चिरिबाबु महर्जनले गरे बालेन शाहको पर्दाफास
काठमाडौं—ललितपुरका मेयर चिरिबाबु महर्जनले बालेन शाहको पर्दाफास गरेका छन् । चुनावी अभियानका क्रममा बालेनले झापा ५ का जनतासँग विदेशी हस्तक्षेपका कारण काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन हुन नसकेको बताएका थिए ।
मेयर महर्जनले फोहोरमैलामा विदेशी हस्तक्षेप भन्नु वाहियात कुरा भएको भन्दै बालेनले झुट बोलेको बताएका छन् । उनले ललितपुरमा नहुने बैदेशिक हस्तक्षेप काठमाडौंमा कसरी भयो भन्दै प्रश्न गरेका छन् ।
उनी भन्छन्,‘विदेशी हस्तक्षेप फोहोरमैलामा,यो जतिको वाहियात कुरा केही पनि छैन । यो बेकारको कुरा हो । महानगरपालिका भन्नासाथ उसको पहिलो कामचाँहि सफाइ छ । ललितपुर महानगरपालिका १९७५ पुस २ गते क्षमदल अड्डाका रुपमा स्थापना भयो । त्यो भनेको सफाइ फाँट हो । सफाइ फाँटको रुपमा स्थापित भएको अफिस अहिले गएर महानगर भयो । हामीसँग ब्रुमरलगायतका उपकरण आयो । त्यो आफ्नै मातहतमा छ । यसमा किन विदेशी हस्तक्षेप आदि–इत्यादि कुरा गरिरहनुपर्यो । मैले सकिनभन्दा के फरक पर्छ ?’
धेरैले चिरिबाबुको भनाइमा समर्थन जनाएका छन् । घनश्याम खतिवडाले बालेनको असलियत चिरिबाबुले खोलिदिएको टिप्पणी गरेका छन् । ‘बालेनको असलियत चिरिबाबुका मुखबाट सुनियो’,उनले लेखेका छन् । त्यसैगरी, टंकप्रसाद दाहालले मैले सकिन भन्न लाज लागेकोले बहाना बनाएको उल्लेख गरेका छन् ।