चुनाव छल्न देउवाले देश छोडे
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देश छोडेका छन् । देउवा चुनाव छल्न बुधबार राती सिंगापुर प्रस्थान गरेका छन् ।
आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उठेको पार्टीमा चर्चा छ ।
यद्यपि देउवा यसअघि पनि पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए । यो पटक उनी किन सिंगापुर गएको खुलाइएको छैन ।