रवि लामिछानेले आफ्नो अन्तिम इच्छा सुनाए

शुक्रबार, १५ फाल्गुन २०८२

काठमाडौं—रवि लामिछानेले आफ्नो अन्तिम इच्छा सुनाएका छन् । चुनावी सभाका लागि चितवन पुगेका रविले फागुन २१ गते मतपत्रमा अन्तिम इच्छा देखाइदिन मतदातालाई अनुरोध गरेका छन् ।

गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । आदेश लगत्तै सीआईबीको प्रहरी टोलीले हात्तिगौँडास्थित निवासमै पुगेर अन्तिम इच्छा सोधेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे ।

लामिछानेले आफूलाई बारम्बार प्रमाण मागेर घोच्ने प्रयास भइरहेको टिप्पणी गरे। उनले आफूलाई अन्तिम इच्छा सोधिएकोबारे पनि टिप्पणी गरे ।

ठाउँ–ठाउँबाट घोचिरहन्छन्, त्यसैले मैले भन्नुपर्छ। प्रमाण छ भनेको ६५८ दिन भयो । अब चाहिँ प्रमाण चाहिँदैन, उनले भने, मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै भयो । त्यसको जवाफ– मेरो अन्तिम इच्छा २१ गते मतपत्रमा देखाइदिनुहोला। म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।