बालेन शाहको प्रचार सामाग्री जफत

शुक्रबार, १५ फाल्गुन २०८२

काठमाडौं—प्रहरीले बालेन शाहको प्रचार सामाग्री जफत गरेको छ । बालेन शाहको फोटो अंकित हजार बढी टिसर्ट झापाको बिर्तामोड, काँकरभिट्टा, धुलाबारी, दमकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होलीका लागि तयार पारिएको टिसर्टमा निर्वाचन आचारसंहिता विपरित उम्मेदवारको फोटो छापेको पाइएपछि जफत गरिएको हो । टिसर्टमा अबकी बार, बालेन सरकार’, ‘यसपालीको होली बालेन’सँग लगायत नारा लेखिएका छन् ।

तर प्रहरीले निर्वाचन आचारसंहित विपरित कुनै पनि राजनीतिक सन्देश प्रवाह गर्ने टिसर्ट बिक्री गर्न नपाइने भन्दै जफत गरेको हो ।

बिर्तामोडबाट दुई सय, काँकरभिट्टाबाट डेढ सय, धुलाबारीबाट ९०, दमकबाट डेढ सय थान त्यस्ता टिसर्ट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय मतदातालाई निर्वाचन आचारसंहिता पालना गरेर त्यस्ता कुनै पनि प्रकारका सामाग्री प्रयोग नगर्न भनेको छ ।