नेपाली कांग्रेसका ३ कार्यकर्ता प्रहरीको नियन्त्रणमा
काठमाडौं-मतदातालाई प्रभावित पार्न गाड़ीभरि पैसा बोकेर बाँड्न हिडेका नेपाली कांग्रेसका ३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मोरङको रतुवामाईबाट को १ च ७३३८ नम्बरको कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।उनीहरूको साथबाट साढे चार लाख रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरू रतुवामाई-७ जामवाढीबाट गएराति साढे ९ बजेतिर पक्राउ परेका थिए ।
रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई-९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवालाई पक्राउ गरिएको थियो ।
घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरू रतुवामाई(७ जामवाढीबाट गयराति साढे ९ बजेतिर पक्राउ परेका थिए ।
प्रहरीले को. १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रूपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमूना मतपत्र फेला परेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कविद कटवालले सोधपुछ र चेकजाँच गरेर छाडिएको बताए । उनले गाडी भने नियन्त्रणमा रहेको र निर्वाचन कार्यालयमा लेखी पठाएको बताएका छन् ।
रतुवामाई मोरङ- २ मा पर्छ । यहाँ कांग्रेसका डा. मिनेन्द्र रिजाल, एमालेका दिलिप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णकुमार कार्कीलगायत उम्मेदवार छन् ।