कुलमान घिसिङको उम्मेदवार नै एमाले प्रवेश

आइतबार, १७ फाल्गुन २०८२

काठमाडौं—निर्वाचनको अन्तिम समयमा आएर कुलमान घिसिङको उम्मेदवार नै एमाले प्रवेश गरेका छन् । आइतबार मोरङ क्षेत्र नम्बर ६ का उज्यालो नेपाल पार्टीका उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेकपा एमाले प्रवेश गरेका हुन् ।प्रवेससंगै बुढाथोकीले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आइतबार मोरङको बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रमका बीच बुढाथोकीले एमाले प्रवेश गरेको घोषणा गरे ।

उनलाई एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतले पार्टीमा स्वागत गरेका थिए । २५ वर्षीय बुढाथोकी क्षेत्र नम्बर ६ को कान्छा उम्मेदवार हुन् ।