निकोलश भुसालले गरे रास्वपा उम्मेदवारलाई समर्थन
बालेन गगन र केपी ओलीभन्दा अगाडी आफुलाई प्रधानमन्त्री घोषणा गरेर रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन्। भुसालले सोमबार रास्वपा उम्मेदवार शुलभ खरेललाई समर्थन गरेको जनाएका हुन्।
मौन अवधि सुरु हुन केही घण्टा अगाडि आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै भुसालले रास्वपा उम्मेदवारलाई समर्थन गर्दै घन्टी बोकेर प्रचारमा हिँडेका छन्।