जेनजी नेता मिराज ढुंगाना नेपाली कांग्रेस प्रवेश

सोमबार, १८ फाल्गुन २०८२

काठमाडौं-जेनजी नेता मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । कांग्रेस सभापति गगन थापाको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्न ढुंगानासहितका जेनाजी युवाहरू सर्लाही ४ पुगेका छन् ।

ढुंगानाले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । तर उनी आन्दोलनमा देखा परेनन् । पछिल्लो समय उनि जेनजी आन्दोलन हाइज्याक भएको र आन्दोलन पछि बनेको सरकार आन्दोलनको मर्म बिपरित रहेको भन्दै सर्वपक्षीय अन्तरिम सरकारको मागसहित सडक संघर्षमा थिए ।

माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम थियो । आन्दोलनमा घुसपैठ भएको भन्दै मिराजले सबै जेन–जीहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

जेन–जी आन्दोलनपछि उनले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर अहिले कांग्रेस प्रवेश गर्न लागेका हुन् ।