इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य क्याम्प ध्वस्त पार्न थालेपछि अमेरिका आतंकित
काठमाडौं—इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य क्याम्प ध्वस्त पार्न थालेपछि अमेरिका आतंकित भएको छ । इरानको अन्दाधुन्दा आक्रमणले आफ्ना नागरिक बचाउन हम्बेहम्बे परेपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल मध्यपूर्वमा १५ देश छोड्न निर्देशन दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव मोरा नामदारका अनुसार बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, कब्जा गरिएको वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र यमन तत्काल छोड्न निर्देशन दिइएको हो ।
इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।
अमेरिकी सरकारले आफ्ना नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो ट्राभल एडभाइजरी जारी गरेको हो ।