खाना पकाउँदा बेहोस भएका निर्वाचन प्रहरी बिते

मंगलबार, १९ फाल्गुन २०८२

कञ्चनपुरमा खाना पकाउँदा पकाउँदै बेहोस भएका एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । लालझाडी गाउँपालिका-३ बल्मी घर भएका र हाल पुनर्बास नगरपालिका ९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत विद्यालयको मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।

हिजो साँझको खाना पकाउँदै गर्दा अचानक बेहोस भएर ढलेका रानालाई धनगढीस्थित निशर्ग अस्पताल लगिएको थियो । तर उपचारको क्रममा आज बिहान उनले प्राण त्यागेका हुन् ।

परिवारका अनुसार रानालाई प्रेसर र मधुमेह थियो ।