मोरङ–२ मा रास्वपाका कार्की विजयी, मीनेन्द्र तेस्रो स्थानमा
विराटनगर — मोरङ निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाअनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उमेदवार दिलीपकुमार बगडियाले १५ हजार ६२४ मत पाएका छन् ।
यसअनुसार कार्कीले बगडियाभन्दा २५ हजार ३०० बढी मतले अग्रता कायम गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल तेस्रो स्थानमा सीमित भएका छन् । उनले १२ हजार ६६४ मत प्राप्त गरेका छन् ।