सुर्खेत–२ मा रास्वपाका सापकोटा विजयी
काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार रमेशकुमार सापकोटा विजयी भएका छन् । परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) को प्रभाव रहेको क्षेत्रमा उनले जित हासिल गरेका हुन् ।
शनिबार (फागुन २३) अपराह्न सार्वजनिक अन्तिम मत परिणामानुसार सापकोटाले २६ हजार ९०५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेदवार नारायणकुमार कोइरालाले १५ हजार २७३ मत ल्याए । कोइरालालाई ११ हजार ६३२ मतान्तरले पछि पार्दै सापकोटा सांसद निर्वाचित भएका हुन् ।
तेस्रो स्थानमा रहेका एमालेका उमेदवार कुलमणि देवकोटाले ११ हजार ५११ मत प्राप्त पाए ।