रास्वपाको अर्का निर्वाचित उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचिमा
काठमाडौँ – धनुषा-१ बाट कालोसूचीकै कारण उम्मेदवारीच्युत भएका रास्वपा उम्मेदवार किशोरी साह झैँ सिन्धुली-१ मा निर्वाचित भएका धनेन्द्र कार्की पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको देखिएको छ। गत माघ र फागुन महिनामा गरी चार पटक उनको नाम कालोसूचीमा दर्ता भएको थियोे ।
२०८२ माघ १९ गते पहिलो पटक,माघ २९ र फागुन १५ गतेसहित चार पटक कालोसूचीमा उनको नाम चढेको हो । फागुन ११ गते उनी ‘प्रोमोटर डाइरेक्टर’ रहेको बिजु सहकारी पनि कालोसूचीमै छ ।
झुक्याएर उम्मेदवारी दिएको पुष्टि भएमा निर्वाचित भइसकेपछि पनि उनको पद खारेज हुने कानुनी प्रावधान छ ।कार्की मनोनयन दर्ता गरेर चुनावमा होमिएपछि मात्रै कालोसूचीमा पर्न थालेका हुन् ।
प्रचलित कानुनअनुसार कालोसूचीमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न र निर्वाचित हुन अयोग्य ठहरिन्छ । झुक्याएर उम्मेदवारी दिएको पुष्टि भएमा निर्वाचित भइसकेपछि पनि उनको पद खारेज हुने कानुनी प्रावधान छ ।