रवि लामिछानेको स्वास्थ्यमा समस्या
काठमाडौं—रवि लामिछाने विरामी परेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको अत्यधिक दौडधुप र प्रेसरका कारण रवि विरामी परेका हु्न् ।
उनलाई अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएका छन् । रास्वपा सभापति लामिछाने विरामी परेपछि काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरिरहेको उनका स्वकिय सचिव अविनाश आचार्यले बताएका छन् ।