राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को एक सिट थपियो
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को एक सिट थपिएको छ । सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेसँगै रास्वपाको एक सिट थपिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन आयोगले खारेज गरेको उनको उम्मेदवारी कायम भएको छ । उम्मेदवारी खारेज हुँदा पनि उनी २० हजार बढी मतसहित पहिलो भएका थिए ।