कालिकोटमा बाख्रा चराउन गएका ६५ वर्षीय वृद्धको करेन्ट लागेर मृत्यु
काठमाडौँ – कालिकोटको रास्कोट नगरपालिकामा नेपाल विद्युत् प्राधिकरणको लापरवाहीले फेरि एकपटक ठूलो मानवीय क्षति निम्त्याएको छ। सोमबार दिउँसो रास्कोट नगरपालिका वडा नम्बर ८, बाखर्कोटस्थित काण्डिलमा विद्युत्को नाङ्गो तार प्रवाह भइरहेको फलामको पोलमा करेन्ट लागेर एक वृद्धको विभत्स मृत्यु भएको हो।
घटनाको विवरण
स्थानीय ६५ वर्षीय मोन बराल सोमबार दिउँसो सधैँझैँ घर नजिकैको पाखोमा बाख्रा चराउन निस्कनुभएको थियो। दिउँसो करिब १२ बजेको समयमा चरनकै क्रममा उहाँको हात नजिकै रहेको विद्युत्को फलामको पोलमा पुग्यो। उक्त पोलमा नाङ्गो तार (Naked Wire) अव्यवस्थित र असुरक्षित तरिकाले जोडिएको कारण पोलभरि विद्युत् प्रवाह(Current Leakage)भइरहेको थियो।
पोलमा हात पुग्नेबित्तिकै बराललाई करेन्टले समात्यो र उहाँको शरीरको आधा भाग पोलमै जलेर क्षत(विक्षत भयो। प्रत्यक्षदर्शीका अनुसार करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको थियो।
प्राधिकरणको लाचारी र स्थानीयको आक्रोश
विद्युत् प्राधिकरणले बस्ती क्षेत्रमा रहेका फलामका पोल र नाङ्गो तारको व्यवस्थापनमा ध्यान नदिँदा यो घटना घटेको भन्दै स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। ूयो दुर्घटना होइन, सरासर हत्या हो, ‘एक स्थानीयले भने, ‘पटक(पटक जोखिमका बारेमा जानकारी गराउँदा पनि प्राधिकरणले मर्मत नगर्नुको परिणाम आज एक वृद्धले अकालमा ज्यान गुमाउनुपर्यो।’
हालको अवस्था र माग
घटनापछि अहिले घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू जम्मा भएका छन्। मृतकका आफन्त र गाउँलेलेस् विद्युत् प्राधिकरणको लापरवाहीको उच्चस्तरीय छानबिन हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने,र तत्काल जोखिमपूर्ण नाङ्गो तार र फलामका पोलहरू विस्थापित गर्नुपर्ने माग राखेका छन्।
यो घटनाले कालिकोटमा विद्युत् सुरक्षाको अवस्था कति नाजुक छ भन्ने कुरालाई पुनः उदाङ्गो पारेको छ।मृतक बराल को ३ छोरा र २ छोरी रहेको छ्न रास्कोट नगरपालिका उप प्रमुख मनिराज बराल पनि घटना स्थल मा पुगेर पीडित परिवार ले नेपाल बिधुत प्राधिकरण ले न्याचित ढंग मा क्षेतिपुर्ती नदिए सम्म जनता ले आन्दोलन गर्ने अधिकार् रहेकोे बताए ।अहिले परिवार तथा स्थानीय ले जब सम्म बिधुत प्रधिकरण को प्रतिनिधि ले घटनाको जिम्मा नलियसम्म लास घटना स्थल बाट लास नउठाउने अडान लिएका छन् ।