जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरुको प्रदर्शन
काठमाडौं—जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरुले प्रदर्शन गरेका छन् । आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ लगायतका नारासहितको प्लेकार्ड बोकेर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भएपनि सार्वजनिक नहुँदा आम नागरिकमा असन्तुष्टि बढेको छ ।