देशलाई ठूलो गुन लगाएर विदा हुन लागेकी प्रधानमन्त्री सुशीला कार्की आफ्नैबाट घेराबन्दीमा

सोमबार, २ चैत्र २०८२

काठमाडौं—देशलाई ठूलो गुन लगाएर विदा हुन लागेकी प्रधानमन्त्री सुशीला कार्की आफ्नैबाट घेराबन्दीमा परेकी छन् । जाँदाजाँदा गृहमन्त्री ओमप्रकाश अर्याल र आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेपछि कार्की घेराबन्दीमा परेकी हुन् ।

उनले अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन् । उक्त निर्णय फिर्ता लिन सुमना श्रेष्ठ, सागर ढकाल, महावीर पुन, अर्जुन पराजुली लगायतले प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेका छन् ।