जेनजी अगुवा सुधन गुरुङले गरे संसदबाट तलब सुविधा नलिने घोषणा

मंगलबार, ३ चैत्र २०८२

काठमाडौँ –  जेनजी अगुवा सुधन गुरुङले संसदबाट तलब सुविधा नलिने घोषणा गरेका छन् ।

गोर्खा १ बाट नवनिर्वाचित सांसद गुरुङले रास्वपाको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तलब नखाने र आफ्नै गाडी चढ्ने घोषणा गरेका हुन् ।

‘म तलब खान्नँ नि । किन तलब खानु र रु नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ उनले भनेका थिए ।

उनले संसद्‍मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे।