रविले आफू निकटका व्यक्तिलाई महत्वपूर्ण मन्त्रालय दिन गरेको आग्रह बालेनद्वारा ठाडै अस्वीकार
काठमाडौं – रवि लामिछानेले आफू निकटका व्यक्तिलाई महत्वपूर्ण मन्त्रालय दिन गरेको आग्रह बालेन शाहले ठाडै अस्वीकार गरेका छन् । रविले आफू सरकारमा सहभागी नहुने भएकाले आफू निकट नेताहरुलाई गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालय दिन आग्रह गरेका थिए ।
जवाफमा बालेनले मलाई सरकार चलाउन दिनुहोस्, तपाईं पार्टी चलाउनुहोस् भन्दै रविको प्रस्ताव अस्वीकार गरेका हुन् । यद्यपी मन्त्री छनोटमा विषयमा दुई नेताबीच छलफल भइरहेको छ ।
अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन। बालेनले सरकार गठनमा आफूलाई सहज हुने गरी मन्त्री चयन गर्न पाउनु पर्ने पक्षमा रहेका छन्।
स्रोतका अनुसार वरिष्ठ नेता बालेनले सभापति रविलाई ‘तपाईं पार्टी चालाउनु, मलाइ सरकार चलाउन दिनु’ भन्ने प्रस्ताव गरेका छन्। मन्त्रालय घटाएर सरकार गठन गर्ने तयारीमा रहेका बालेनले मन्त्री चयन आफूलाई अनुकुल हुने गरी गर्न दिन रवि समक्ष प्रस्ताव गरेका छन्।
तर बालेनले भने गृहमन्त्र र अर्थ आफ्ना विश्वासपात्रलाई बनाउन चाहेका छन्। महत्वपूर्ण मन्त्रालय बाँडफाँटका विषयमा यी दुई नेताबीच कुरा मिल्न नसकेको छैन। बालेनले प्रधानन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आफू अनुकुल मन्त्रिपरिषद गठन गर्नु पाउनु पर्ने र त्यसो भएको अवस्थामा मात्रै चाहे अनुसारको काम गर्न सकिने दाबी गर्दै आएका छन्।
‘चैतको दश गतेभित्र बालेन प्रधामन्त्री भइसक्नुहुनेछ, त्यही दिन नै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी सभापति र वरिष्ठ नेताबीच छलफल जारी छ,’ रास्वपाका एक नेताले भने, ‘मन्त्री चयन पनि आपसी सहमतिमा नै हुन्छ। अहिले उहाँहरु त्यसैको गृहकार्यमा हुनुहुन्छ।’