चार करोडको ड्रग बोक्ने युवा प्रहरी फन्दामा

सोमबार, ६ साउन २०७६

काठमाडौं – ग्रामकै ३० हजार रुपैयाँ भन्दा धेरै पर्ने चार किलो दुईसय ग्राम आइस ड्रग (एमफेटामाइन) जापान तस्करी गर्न लागिएको अवस्थामा बरामद भएको छ ।

पोर्चुलका नागरिक टियागो मेन्डेस परइरालाई लागुऔषधि नियन्त्रण व्युरो (एनसिबी) ले शुक्रबार त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

झोलामा फल्स बटम बनाई त्यसभित्र लुकाएर जापान लैजान लागिएको आइस ड्रग बरामद भएको व्युरोका एसपी कृष्ण प्रसाईंले बताए ।

‘१७ वटा कागजका बाक्समा माथि रुपमाल र टाई थियो’, उनले भने,‘ त्यसमुनि स–साना प्याकेटभित्र लुकाई राखिएको थियो ।’ पराइराबाट बरामद भएको आइस ड्रगको बजारमूल्य अन्दाजी चार करोड रहेको प्रहरीले जनाएको छ । सोमबारको नयाँपत्रिका दैनिकबाट