कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

आइतबार, १३ बैशाख २०८३

काठमाडौं— कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शैक्षिक सत्र २०८२ को २०८३ वैशाख १४ गते अर्थात् भोलीदेखि सुरु हुने वार्षिक परीक्षामा जिल्लाबाट कुल १ हजार ३ सय ८४ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले कक्षा १२ को वार्षिक परीक्षा सो सङ्ख्याका विद्यार्थी सहभागी हुने जनाएको छ । जिल्लाभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको छन् ।

८ वटा परीक्षा केन्द्रबाट करिब ३० वटा विद्यालयका विद्यार्थी सहभागी हुने छन्। भावोदय मावि नौ विस परीक्षा केन्द्रबाट ४ विद्यालयका १२४ जना,मालिका नमुना मावि मार्तडी परीक्षा केन्द्रबाट ४ विद्यालयका २२१ जना, जनप्रकाश मावि कोल्टीबाट ३ विद्यालयका ३८६ विद्यार्थी सहभागी हुने भएका छन् ।

त्यस्तै स्वामिकार्तिक मावि वाई परीक्षा केन्द्रबाट ५ विद्यालयका दुई सय,मष्टेश्वरी मावि डोगडीबाट ४ विद्यालयका ६०, किर्तिचौर मावि कालादह परीक्षा केन्द्रबाट २ विद्यालयका ८३, तोली देवल डाँडा मावि तोलीबाट ११७ र कैलाश मावि महती परीक्षा केन्द्रबाट १९३ गरी कुल १ हजार ३८४ परीक्षार्थी सहभागी हुने छन् ।

परीक्षालाई,व्यवस्थित र मर्यादित बनाउन सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।