बादी समुदायको कथामा बनेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पकालीन आदेश

मंगलबार, १५ बैशाख २०८३

काठमाडौं— नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाश ढुङ्गानको एकल इजलासले बादी समुदायको कथामा आधारित भएर बनेको फिल्मको प्रदर्शन रोक्न मंगलबार आदेश जारी गरेको हो ।फिल्म प्रदर्शनमा चार दिन मात्रै बाँकी छ ।

पक्ष विपक्षको छलफलका लागि अदालतले वैशाख २२ गतेलाई पेसी तोकेको छ ।

रोशनी नेपालीले यो फिल्म प्रदर्शनमा आए बादी समुदायको चरित्रमा क्षति पुग्ने भन्दै रिट दर्ता गरेकी थिइन् ।

षट्कोण आर्टस्ले निर्माण गरेको यस फिल्मको लेखक तथा निर्देशक यम थापा हुन् ।