इरानी नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको प्रमाण छैन : मन्त्री मार्को रुबियो
काठमाडौं—अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको शक्ति संरचनामा कट्टरपन्थी सोच प्रभावशाली रहेको टिप्पणी गरेका छन् ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा रुबियोले भने, “धार्मिक रूपमा कट्टरपन्थी व्यक्तिहरू इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका अधिकारी मात्र होइनन्, उनीहरू इरानी राजनीतिक संरचना र निर्णय प्रक्रियासँग पनि गहिरो रूपमा जोडिएका छन् ।”
अन्तर्वार्ताका क्रममा उनलाई इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् कि छैनन् भन्ने प्रश्न पनि गरिएको थियो ।
यसमा रुबियोले प्रतिक्रिया दिँदै भने, “हामीसँग उनी जीवित रहेको संकेत छ, तर यसको कुनै ठोस प्रमाण छैन । इरानले पनि उनी जीवित रहेको दाबी गरिरहेको छ ।”
यसैबीच, अयातोल्लाह अली खामेनीको निधनपछि सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएको बताइन्छ ।
हालसम्म उनका कुनै भिडियो वा अडियो सार्वजनिक नभएपछि उनको अवस्थाबारे विभिन्न अड्कलबाजीहरू बढिरहेका छन् ।