नेपाली मूलका आशिष बिष्टले राखे शैक्षिक क्षेत्रमा ७ विश्व कीर्तिमान

मंगलबार, २२ बैशाख २०८३

काठमाडौं – नेपाली मूलका विद्वान् आशिष बिष्टले शैक्षिक क्षेत्रमा एकै पटक ७ वटा विश्व कीर्तिमान कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड लन्डनले बिष्टलाई स्नातकोत्तर तथा व्यावसायिक शैक्षिक उपलब्धिका लागि ७ वटा विश्व कीर्तिमानीको आधिकारिक मान्यता प्रदान गरेको छ ।

अस्ट्रेलियाको पर्थमा बस्दै आएका काठमाडौं मुलपानीका बिष्ट यो रेकर्डसँगै विश्वकै सबैभन्दा बढी शैक्षिक सम्मान प्राप्त गर्ने व्यक्तिको रूपमा स्थापित भएका छन् । सन् २०२६ यता वल्र्ड बुक अफ रेकर्डले उनलाई विश्वकै सबैभन्दा धेरै सम्मानित चार्टर्ड एकाउन्टेन्ट, सबैभन्दा उच्च शैक्षिक योग्यता हासिल गरेका ज्योतिषी, साढे ६ वर्षभन्दा केही बढी समयमा ४ देशबाट ५ वटा उन्नत डिग्री हासिल गर्ने विश्वको पहिलो व्यक्तिको रेकर्ड दर्ता गराएको छ ।

साथै, उनीले करिब ४० महिनामा ४ वटा उन्नत डिग्री हासिल गर्ने व्यक्ति, १.५ वर्षभन्दा केही बढी समयमा दुई फरक क्षेत्रमा एमएसी तथा पिएचडीमा स्वर्ण पदकसहित ३ उन्नत डिग्री हासिल गर्ने व्यक्ति, १७ महिनामा पिएचडी र एमएसी एकैसाथ पूरा गर्ने व्यक्तिको समेत रेकर्ड बनाएका छन् । वल्र्ड बुक अफ रेकर्डले बिष्टका शैक्षिक प्रमाणपत्र, व्यावसायिक योग्यता र कानुनी प्रमाणीकरणको बहुमहिने अडिट प्रक्रियापछि यी कीर्तिमानहरू प्रमाणित गरेको हो।

स प्रक्रियामा iUDEX International Law ले पनि स्वतन्त्र कानुनी समीक्षा गरेको थियो। उनका योग्यताहरूमा Astrology मा PhD, Master, United Kingdom बाट Accounting & Finance मा MSc, Australia बाट Master of Accounting तथा ACCA को उच्चतम सदस्यता स्तर FCCA समावेश छन्।

विस्टको शैक्षिक यात्रा नेपाल, भारत, बेलायत र अष्ट्रेलियामा फैलिएको छ। औपचारिक शिक्षाबाट १० वर्ष टाढा बसेपछि उनले पुनः अध्ययन सुरु गरी मात्र २ वर्षभन्दा केही बढी समयमा ACCA पूरा गरे र त्यसपछि क्रमशः अन्य उन्नत डिग्री हासिल गरे। उनका सबै उपलब्धिहरू आधिकारिक ट्रान्सक्रिप्ट, प्रमाणपत्र र विश्व कीर्तिमान दस्तावेजमार्फत पुष्टि गरिएका छन्।

“एक दशकपछि अध्ययनमा फर्किनु सजिलो थिएन। तर काममा केन्द्रित भए परिणाम आफैं आउने विश्वास थियो,” बिष्टले भने । उनका ७ वटै कीर्तिमान स्नातकोत्तर तथा व्यावसायिक स्तरमा रहेका छन्, जुन यसअघि माध्यमिक तहका उपलब्धिमा कायम कीर्तिमानहरूको कुल संख्याभन्दा बढी हो। हाल बिष्टा अनुसन्धानकर्ता र शिक्षकका रूपमा कार्यरत छन्। बिष्ट LinkedIn लगायत Instagram, TikTok र YouTube मा सक्रिय रहँदै शिक्षा, वित्त र ज्योतिषसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय दर्शकसँग संवाद गर्छन्।