एनएमबि बैंकले सेकेन्ड–ह्यान्डको विद्युतीय गाडी किन्दा ऋण दिने

बिहिबार, १४ साउन २०८३

काठमाडौं – एनएमबि बैंक लिमिटेडले सेकेन्ड–ह्यान्डको विद्युतीय गाडी किन्दा ऋण दिने भएको छ । बैंकले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ ।

दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको जनाएको छ । सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ ।

इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न सधैं नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएकोे छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।