जाल्सानको कार्यालय सर्यो
काठमाडौं – जापानीज भाषा स्कुल संघ नेपाल (जाल्सान)को कार्यालय सरेको छ । काठमाडौंको पुतलीसडकमा रहेको कार्यालय काठमाडौंकै डिल्लिबजार हाइटमा सरेको हो ।
बुधबार एक कार्यक्रमका बिच नयाँ कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । जाल्सानका संस्थापक अध्यक्ष सुनिल बज्राचार्यले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा जाल्सानका अध्यक्ष रमेश देवकोटासहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । जाल्सानमा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई भाषा शिक्षणदेखि शैक्षिक परामर्श सेवा दिने शैक्षिक कन्सल्टेन्सीहरु सदस्य रहेका छन् ।