नख्खु जेलमा कैदीहरुबीच भडप, एक जनाको मृत्यु
काठमाडौं – ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच भडट भएको छ । भडपमा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए ।
लगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ । विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले बताए ।
दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।
एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए ।