काठमाडौंको टिचिङ हस्पिटलमा आगलागी, कति भयो क्षति ?

सोमबार, २७ साउन २०७६

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर सो भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।

अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले जानकारी दिए ।