बानेश्वरमा अर्को बदमासी ? दिनदहाडै निशान छापको दुरुपयोग, राज्य बेखवर
काठमाडौं – शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृतिहरुको भण्डाफोर गर्दै आइरहेको मोटिभेट न्यूज डटकमले अर्को बदमासी फेला पारेको छ । नेपाल सरकार मातहतका अंगहरुको लेटरहेडमा मात्र प्रयोग गर्न मिल्ने नेपालको निशानी छाप प्रयोग गरेर एक कन्सल्टेन्सीले बदमासी गरेको पाइएको छ ।
काठमाडौंको नयाँबानेश्वरमा रहेको रेडियन्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले नेपालको निशानी छाप प्रयोग गरेर राज्यलाई चुनौति दिइरहेको छ । आफ्नो कम्पनीको वेभसाइटमा नेपालको निशानी छापसहित नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगतमा दर्ता भएको उल्लेख गरेको छ । यसले देश तथा विदेशका शैक्षिक संस्थाहरुमाझ नेपालको बेइजत भएको छ ।
यसरी शैक्षिक कन्सल्टेन्सीहरुले नेपालको झण्डा, निशानी छाप र नक्साको दुरुपयोग गरि राज्यलाई चुनौति दिइरहेका छन् । देश तथा विदेशमा काम गर्ने यस्तो कन्सल्टेन्सीहरुले नेपालको छाप प्रयोग गर्दा देशकै बदनाम हुने गरेको छ ।
अपराधिक मानसिकता
नेपालका विद्यार्थीहरुलाई विभिन्न देशमा अध्ययनका लागि पठाउने भनेर खुलेको काठमाडौंको नयाँबानेश्वरमा रहेको रेडियन्सले जानाजान बदमासी गरिरहेको छ । कन्सल्टेन्सलाई तपाईले नेपाल सरकारको निशान छाप प्रयो गर्नु भएको रहेछ, त्यो हटाउनुहोस भन्दै बारम्बार मोटिभेट न्युजले सम्झाउँदा पनि उक्त कन्सल्टेन्सीले अटेरी गरिरहेको छ । एक हप्तासम्म बारम्बार झकझक्याउँदा पनि अटेरी गरेपछि हामी समाचार लेख्न बाध्य भएका छौं ।
उक्त कन्सल्टेन्सीका संचालक हुन् तिलकराज भट्ट । भट्ट क्यानडामा छन् । उनको कार्यालयमा सम्पर्क गरि बुझ्दा सुशिला भट्ट सम्पर्कमा आइन । उनले अरु कन्सल्टेन्सीले पनि राखेकाले आफूहरुले नेपाल सरकारको निशान छाप प्रयोग गरेको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार नेपाल सरकार मादहतमा रहेपछि निशान छाप प्रयोग गरेको हो । नेपालको संविधान र नियम कानुनको बारेमा सम्झाएपछि हटाउन तयार भएकी उनले अहिलेसम्म पनि हटाएकी छैनन् ।
के छ कानुनमा ?
नेपाल सरकारले मात्र प्रयोग गर्ने निशानी छाप कसैले दुरुपयोग गरेको पाइएमा फौजदारी अभियोग अन्तरगर्त मुद्धा लाग्ने गर्दछ । नेपाल सरकारको आधिकारीक लोगो, झण्डा, निशान छाप तथा नेपालको नक्सा प्रयोग गरे अपाध गरेको ठहरीने अधिबत्ता चन्द्र प्रकाश लुईटेलले बताए ।
यदी यसरी दुरुपयोग भएको पाइएम सिधै ३ बर्षको जेल सजाए हुने लुईटेलको भनाई ।