रवि लामिछानेका दाई हरिशरण लामिछाने मिडियामा, खोले पोल (भिडियो सहित)
काठमाडौं – पत्रकार हरिशरण लामिछानेले आफ्नो भाई रवि लामिछाने निर्दोश भएको बताएका छन् । ऋषि धमलाको टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छनमा लामिछानेले रविका कारण शालिकरामले आत्माहत्या नगरेका बताए ।
उनले सार्वजनिक भएको भिडियो संकास्पद रहेको भन्दै रविलाई फसाउन खोजेको आरोप लगाए । उनले भिडियो आत्माहत्याको प्रमाण नभएको तर त्यो भिडियो अनुसन्धानका लागि आधार भने भएको जिकिर गरे ।
एक अर्को प्रसंगमा सडकमा आएको मासले रविको निश्पक्ष छानविन गर्न भनेको र त्यो मासले अनुसन्धान पभावित नगर्ने बताए । उनले परिवारले प्रशासनलाई छानविका लागि सहयोग गरेको भन्दै रविले न्याय पाउने विश्वास ब्यक्त गरे । भिडियो माथि छ, हेर्नसक्नुहुनेछ ।