के आज छुट्लान त रवि लामिछाने ? यस्तो छ भित्री खेल
चितवन – हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो ।
अदालतले दिएको ५ दिनको समय हिजो (शनिबार) नै पूरा भएपनि विदा भएकाले आज अदालत पेश गर्न लागेको हो । आज प्ररहरीले रविसहितका तीन जनालाई अदालत पेश गर्नेछ ।
न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।
फेरि म्याद थपिने शंका
अदालतले दोस्रो पटक म्याद थपेपछि जारी भएको एक अडियोमा रविले आफूलाई पुनः म्याद थप गर्ने आशंका व्यक्त गरेका छन् ।
पत्रकार टेकनारायण भट्टराईले हिरासतमा रहेका रविसँग गरेको कुराकानी अडियो सार्वजनिक भएको थियो । जसमा रविले आफूलाई विभिन्न वाहनामा पुन म्याद थप्ने योजना रहेको आशंका व्यक्त गरेका थिए ।
‘इमेल गरेर उपलव्ध हुने कल डिटेल रिपोर्ट आएन रे १’ रविले अडियोमा भनेका छन्,‘ यस्ता वाहनामा पुन म्याद थपको तयारी भएको छ ।’
प्रहरीको उच्च सुरक्षा श्रोतको दावी अनुसार रवि माथिको थप अनुसन्धान पूरा नभएका कारण अदालतसमक्ष कम्तिमा पाँच दिन समय माग्ने तयारी गरेको छ ।