रवि लामिछानेलाई अर्को आपत, उनी विरुद्व पर्यो अर्को मुद्वा

बुधबार, ११ भाद्र २०७६

काठमाडौं – न्यूज–२४ का टेलिभिजनकर्मी रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ । न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।

स्मरण रहोस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने ११ दिनको प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतको आदेश अनुसार पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन । पुडासैनी आत्महत्या प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत गरेका छन ।

पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।