धरानमा बम विस्फोट, कति भयो क्षति ?
धरान – धरानमा बम विस्फोट भएको छ । धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेट नजिकै गएराती बम विष्फोट भएको हो । राती १२ः३० बजेको समयमा भएको विष्फोटबाट स्कुलको फलामको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल चर्किएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए अनुसार ‘बिष्फोटक पदार्थ नै बिष्फोट भएको जस्तो देखिन्छ ।’ उनले भने –‘विष्फोटबाट ठूलो क्षति भएको छैन, हामी अनुसन्धान गरीरहेका छौ ।’ फायल तस्वीर