आज राति बन्द हुने नेपाल टेलिकमको मोवाइल सेवा, फेरी संचालन गर्न यस्तो गर्नुहोस
काठमाडौं – नेपाल टेलिकमले शनिबार राती आफ्नो सेवा विस्तार गर्ने भएको छ । आज राति ११ः३० बजेदेखि फोरजी–एलटिई सेवा अपग्रेड गर्ने भएको छ । अपग्रेडको समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ ।
मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।
‘फोरजी–एलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ।
टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ । साथै देशभर नै फोरजी–एलटिई सेवा विस्तार भइराखेको टेलिकमले जनाएका छ।