प्रधानमन्त्री ओलीलाई फेरी स्वास्थ्य समस्या, डाक्टरले दिए यस्तो सल्लाह

सोमबार, २३ भाद्र २०७६

काठमाडौं – दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरीपनि स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपनि उच्च मनोवलका साथ प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् ।

उनी बालुवाटार उच्च श्रोतका अनुसार बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । सिंहदरवार भित्रको कुर्षिले उनलाई कुरेको एक महिना भदा बडि भइसकेको छ । फेरीपनि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि डाक्टरले सल्लाह दिएका छन् ।