विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

बिहिबार, २६ भाद्र २०७६

पाँचथर– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँचथर जिल्ला सचिव विजय नेम्वाङ पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भएका सचिव नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट पक्राउ गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र सङ्घसंस्थामा धम्की दिँदै चन्दा माग गरेको आरोप लागेका नेम्वाङलाई प्रहरीले खोजी गर्दै आएको थियो । उनलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।