गायक पशुपति शर्माले ‘कान्छी बुहारी’ भित्र्याए (भिडियो सहित)
काठमाडौं – लोक तथा दोहोरी गायक पशुपति शर्माले नयाँ लोक तथा दाहोरी गीत ‘कान्छी बुहारी’ बजारमा ल्याएका छन् । दशैं तथा तिहारको अवसर पारेर शर्माले नयाँ दशैं तिहार गीत बजारमा ल्याएका हुन् । सोमबार युट्युव मार्फत सार्वजनिक भएको गीतमा पशुपति शर्माकै शब्द संगित रहेको छ भने स्वरमा उनलाई सम्झना भण्डारीले साथ दिएकी छिन् ।
सार्वजनिक भएको भिडियोमा पनि शर्मा र भण्डारीले नै अभिनय गरेका छन् । उनीहरुलाई अभिनयमा सविता गुरुङले पनि साथ दिएकी छन् । पशुपति शर्माको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा दुर्गा पौडेलको निर्देशन रहेको छ ।