डा. सुरेन्द्र केसीले खोले सभामुख महराको भित्र पोल, राजिनामाले मात्रै पुग्दैन् भन्दै यसरी गर्जिए (भिडियो सहित)
काठमाडौं – राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले निर्वतमान सभामुख कृष्णबहादुर महरा यौन पिपासु भएको आरोप लगाएका छन् । भर्खरै संसद सचिवालयका कर्मचारीमाथिको यौंन दुव्यर्वहारलाई लिएर महराका यस्ता थुप्रै काण्ड भएको बताए । यस्तो काण्डहरु आएपनि दुईतिहाइको सरकारले सामान्य घटनाका रुपमा लिए सेटल गर्ने बताए ।
उनले यस्ता घटनाहरुको पोल खोल्दा आफूहरुलाई सरकारले प्रतिगामीको आरोप लगाएको बताए । आफूहरुले राज्यको तर्फबाट भएका गलत कार्यहरुको विरोध गर्दा प्रतिगामीको आरोप लगाएको भन्दै उनले सरकार भष्ट्राचारमा फसेको बताए ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले काठमाडौंको अनामनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले भने, “र्दुइतिहाईको आडमा वाईडबडी, बालुवाटार जग्गा, सुन काण्ड, सिण्डिकेट, निर्मला प्रकरण, अब महरा स्क्याक्याण्डल रफादफा गर्ने, अनि यसको छानबिन गर भन्नेलाई प्रतिगामी कतिसम्म हाँसो उठ्ने कुरा, कसले त्याउँछ यिनका कुरा ।”
डा.केसीले वर्तमान सरकार लोकतन्त्रको गुनगान गाउन सिपालु भएपनि लोकतान्त्रिक आचरण अनुसारको व्यवहार नभएको र सच्याउनको लागि आफूहरुले निरन्तर विरोध गर्दै आएको र भोलि पनि यसलाई निरन्तरता दिने बताए । उनले अगाडी भने,“हामीलाई कहिले प्रतिगामी, कहिले दरबारीय यी वेबकुफ ल्वाँठहरुले के बुझे हुन्छ भने हामीलाई केही नपुग्दो छैन, अलि उच्च पदप्रति आकर्षण थियो, त्यो पनि सभामुख कृष्ण महरा प्रकरणले तुहाइदियो । राज्यबाट भएका गलत कामहरुको विरोध गर्दा ज्ञानेन्द्र शाहीहरुले कुटाइ खाएको प्रशंगमा डा.केसीले अब कष्टडीमा जाने पालो आफुहरुको आएको आशंका व्यक्त गरे । हेर्नुहोस भिडियो