इक्यानको चियापान कार्यक्रम शुक्रबार
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आगामी शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । विजय दशमी, शुभदिपावली, छठ पर्ब तथा नेपाल संवत ११४० को अवसरमा यही कार्तिक ८ गतेका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम नयाँ बानेश्वरमा रहेको होटल एभरेस्टमा हुने इक्यानलले जनाएको छ । हरेक बर्षझैं यस बर्षपनि दर्शै तथा तिहारको अवसर पारेर इक्यानले आपसी सद्भाव तथा भाइचाराको सम्बन्ध कायम राख्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताए ।