सुकुटे बस दुर्घटनामा परेकी पीडितको दर्दनाक बयान
सिन्धुपाल्चोक–चालकले पटकपटक गाडी बिग्रिएको बताएका थिए । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो ।
बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ । मेरो बच्चा २ महिनाको मात्रैै थियो ।’ घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।
धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ । ‘शरीर चुर्लुम्म डुबेछ र झस्याङ भएँ। दूध चुसिरहेको छोरो काखमा छैन । म पनि डुबिरहेको रहेछु’।
काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो ।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो । मेरो छोरा हराइरहेको छ । धेरैबेर खोजें । अरूले पनि खोज्न सहयोग गरे तर फेला परेन । अनि मलाई अस्पताल ल्याइयो ।’ सरिताले भनिन् । उक्त समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । यो समाचार मोतीराम तिमल्सिनाले लेखेका हुन् ।