यसकारण भयाे रंगशालाको पुनःर्निर्माण

सोमबार, १८ कार्तिक २०७६

काठमाडौं – नेपाली खेलकुदको हब त्रिपुरेश्वरको दशरथ रंगशाला परिसरको पुनर्निर्माण भइरहेकाे छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन स्थल तथा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगतको कुवेतविरुद्धको खेल यहिँ रंगशलामा गर्ने तय भएको छ । त्यसकारण अहिले रंगशालाको कामले तिव्रता पाइरहेको छ ।

मैदानमा दुवो हरीयो भएको छ । तर, मैदान सम्याउने काम भने सकिएको छैन । यस्तै, रंगशालाको सामान्य प्यारापिटमा सिट राख्ने काम भइरहेको छ । अहिले झण्डै २० प्रतिशत सिट राखिइसकिएको छ ।

रंगशालामा रहेको ‘फ्लड लाइट’ को परीक्षण यसअघि नै गरिसकिएको थियो । स्कोर बोर्डको काम पनि सकिएको छ यसको साथै खेलाडीका ड्रेसिङ रुम लगायतका आवश्यक पर्ने ‘रुम बनिसकेको छ ।

रंगशालाको मुख्य शोभाका रुपमा रहेको भिआइपी प्यारापिटको निर्माणको काम भने मंसिर ३ मात्रै होइन सागमा पनि सकिन्छ कि सकिँदैन भन्ने कुरा निर्माण टिमले जनाए । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले भीआईपी प्याराफिट मंसिर ३ गतेसम्म नबनेपनि सागसम्म बनिसक्ने दाबी गरेका छन् ।