३ वटा मुद्दामा आलमलाई ३२ वर्ष कैद सजाय

मंगलबार, १९ कार्तिक २०७६

रौतहट–रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् ।

उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यूँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए ।

तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । उक्त समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । यो समाचार सञ्जय कार्कीले लेखेका हुन् ।