लिपुलेक विवादबारे प्रधानमन्त्रीको ध्यान आक्रषण, लिए यस्तो एक्सन
काठमाडौं – लिपुलेक विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आक्रषण भएको छ । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतले नेपालको सिमा मिचेको विषयलाई लिएर उनले सबैसँग छलफल गर्ने भएका छन् ।
सबैको साझा धारणा बनाउन प्रधानमन्त्री ओली सर्वदलिय बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि उनले यस विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।
सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइए छ । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।