नेपाली सेनाले पनि ठग्यो विद्यार्थी, करियर धरापमा पारिदिने धम्की

मंगलबार, ३ मंसिर २०७६

काठमाडौं – नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले धम्काएर अतिरिक्त शुल्क लिने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी शुल्क लिएको उनीहरुको भनाई छ ।

विद्यार्थी भन्छन्, ‘अतिरिक्त शुल्कबारे बाहिर बोले करियर धरापमा पारिदिने धम्की दिइयो ।’ यता, त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयबाटै मानविकी संकाय अन्तरगत स्नताक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठप्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो । आजको कान्तिपुर दैनिकमा खवर छ ।